दफा ५
झुट्टा विवरण दिई परिचयपत्र प्राप्त गर्न नहुने
(१) कसैले पनि झुट्टा विवरण दिई अपाङ्गताको परिचयपत्र प्राप्त गर्न वा एक प्रकारको अपाङ्गताको वर्गीकरणमा पर्नेमा झुट्टा विवरण दिई अर्को प्रकारको वर्गीकरणको अपाङ्गताको परिचयपत्र प्राप्त गर्न हुँदैन ।
(२) कसैले उपदफा (१) विपरीत अपाङ्गताको परिचयपत्र प्राप्त गरेमा त्यस्तो व्यक्तिको परिचयपत्र रद्द गरी निजलाई यस ऐन बमोजिम कारबाही गरिनेछ ।
(३)उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यथार्थ विवरण दिंदादिंदै कुनै अधिकारीले अपाङ्गता भएको व्यक्तिलाई बेग्लै वर्गको परिचयपत्र प्रदान गरिएको देखिएमा सो परिचयपत्र दिने अधिकारीलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सिफारिस गरिनेछ ।
(४) कसैले झुट्टा विवरण दिई प्राप्त गरेको अपाङ्गताको परिचयपत्रको आधारमा प्रचलित कानून बमोजिम अपाङ्गता भएका व्यक्तिको लागि आरक्षित गरिएको पदमा कुनै व्यक्ति नियुक्ति भएको पाइएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो नियुक्ति जुनसुकै बखत बदर गरी निजले पाएको तलब तथा अन्य सुविधा समेत सरकारी बाँकी सरह असूल उपर गरी पद प्राप्तिका लागि योग्यता ढाँटेको कसूर गरेको मानी प्रचलित कानून बमोजिम सजाय गरिनेछ ।